दफा ४६
धितोपत्र बजारले जानकारी दिनुपर्ने
धितोपत्र बजारले देहायका कुरा आफूले थाहा पाउना साथ सोको जानकारी बोर्डलाई दिनु पर्नेछः– (क) आफ्नो कुनै सदस्यबाट कुनै आर्थिक अनियमितता भएको वा सो सदस्यले गरेको काम कारबाहीबाट त्यस्तो सदस्यको आर्थिक हैसियत शङ्कास्पद देखिएमा, (ख) आफ्नो कुनै सदस्यले आफूले पालना गर्नु पर्ने दायित्व कानून बमोजिम पूरा नगरेमा वा पूरा गर्न असक्षम भएको भन्ने देखिएमा, (ग) आफ्नो कुनै सदस्यले आर्थिक नियम तथा विनियमको पालना नगरेमा वा गर्न नसक्ने अवस्था देखिएमा, (घ) तोकिए बमोजिमको अन्य जानकारीहरु ।